विश्व प्रसिद्ध लेग स्पिनर शेन वार्नको आकस्मिक निधन : कारण हृदयघात हुन सक्ने

 संवाददाता    २०७८, २० फाल्गुन शुक्रबार २०:३७     145 जनाले पढ़िसके



Spread the love

अस्ट्रेलियाका क्रिकेट लेजेन्ड शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको हो। निधनको कारण हृदयघात हुनसक्ने वार्नको व्यवस्थापकलाई उदृत गर्दै फक्स न्युजले जनाएको छ।

‘शेनलाई बेहोस् अवस्थामा उनको भिल्लामा भेटिएको थियो। मेडिकल स्टाफहरुको प्रयत्नको बाबजुद उनलाई बचाउन सकिएन’, विज्ञप्तिमा भनिएको छ।

पछिल्लो २४ घण्टामा अस्ट्रेलिया क्रिकेटले दोस्रो लेजेन्ड गुमाएको हो। अर्का अस्ट्रेलियन क्रिकेट लेजेन्ड रोड मार्सको हृदयघातका कारण निधन भएको थियो।

वार्नलाई संसारकै महानतम मध्येको बलरमा लिइन्छ। सन् १९९२ मा टेस्ट डेब्यू गरेका उनले सबै फर्म्याटमा कीर्तिमानी प्रदर्शन गरेका छन्।