च्यासललाई हराउँदै सातदोबाटो सहिद स्मारक लिगको तेस्रो स्थानमा

 #सहिद स्मारक लिग     २०७८, १२ फाल्गुन बिहीबार १६:०४     114 जनाले पढ़िसके



Spread the love
काठमाडौं । पहिलो पटक शीर्ष डिभिजनमा खेलिरहेको सातदोबाट युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १-०ले पराजित गरेको छ ।

यो नतिजासँगै नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले एक मात्र गोल गरे । उनले खेलको सातौं मिनेटमा सुदिप गुरुङको लामो पासमा गरेको गोल नै जितमा निर्णायक बन्यो ।च्यासललाई हराएपछि सातदोबाटो एनआरटी र मनाङ मर्स्याङ्दीलाई पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । यदि एनआरटी र मनाङ अन्तिम खेलमा पराजित भए सातदोबाटोले तेस्रो स्थानमा रहेर लिग सकाउनेछ ।