काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज १२औं चरणको एक खेल मात्र हुँदैछ ।
जसमा दुई ललितपुरे क्लब सातदोबाटो युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।
रेलिगेसन जोनमा रहेको बीबीसीका लागि ए डिभिजनमै कायम रहन आजको खेल महत्वपूर्ण छ । सातदोबाटोसँग पराजित भए ब्रिगेड एक खेल अगावै रेलिगेसनमा पर्नेछ । यसपटक अन्तिमको दुई टोली रेलिगेसनमा पर्ने व्यवस्था छ र च्यसाल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।