एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर प्रि-क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख हारबाट जोगिएको छ । गएराति भएको खेलको इन्ज्युरी समयमा किङ्सले कोमानले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो ।
बायर्नले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग १-१ को गोलको बराबरी खेलेको हो । रेडबुलका लागि चुकवुवुइकी एडामुले गोल गरेका थिए ।
२१औं मिनेटमा चुकवुवुइकी एडामुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले ब्रेन्डेन आरोनसनको पासमा गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा किङ्सले कोमानले गोल गर्दै टोलीलाई हारबाट जोगाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो लेग ८ मार्चमा बायर्नको मैदानमा हुनेछ ।