काठमाडौं । अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।
साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो ।यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक खेल कम खेलेको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । यसअघि मछिन्द्रले मनाङलाई हराइसकेकोले मछिन्द्र हेड टु हेडमा अघि छ र मनाङले बाँकी तीन खेल जिते पनि मछिन्द्रलाई भेट्ने छैन ।