सहिद स्मारक ए डिभिजन लिगमा आजको दुबै खेल गोलरहित बराबरीमा सकिएका छन् ।

 #सहिद स्मारक लिग     २०७८, १ फाल्गुन आईतवार २१:३२     103 जनाले पढ़िसके



Spread the love

काठमाडौं

सहिद स्मारक ए डिभिजन लिगमा आजको दुबै खेल गोलरहित बराबरीमा सकिएका छन् । पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडे । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयन शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि एनआरटीले १० खेलमा १४ अंक पुर्‍याएको छ । एनआरटी सातौं स्थानमा छ । हिमालयन शेर्पाको १० खेलमा १२ अंक छ । शेर्पा आठौं स्थानमा छ ।

यसैबीच, लिगमा आज सशस्त्र प्रहरीको एपीएफ क्लव र संकटा क्लवले गोलरहित बराबरी खेलेका छन् । आजको बराबरीपछि पनि संकटा १६ अंकमा तालिकाको पाँचौ स्थानमा कायमै छ । एपीएफले भने आफूलाई एक स्थान माथि नवौंमा उभ्याएको छ । उसले अर्को विभागीय टोली नेपाल पुलिसलाई १ अंकले पछि पारेको हो । एपीएफको ११ अंक छ । यसअघि च्यासलसँग पराजित भएको पुलिसको १० अंक छ ।