आईपीएल अक्सन : सन्दीपको लागेन बोली

 #नेपाली क्रीकेट     २०७८, १ फाल्गुन आईतवार ०७:२४     122 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।

शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। ​गत सिजन पनि उनी अनसोल्ड भएका थिए।​

२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। ​

नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्सनका लागि चुनिएका थिए।