क्यामरुनलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सकाे फाइनलमा

 संवाददाता    २०७८, २१ माघ शुक्रबार ०९:१२     114 जनाले पढ़िसके



Spread the love

आयोजक क्यामरुनलाई ट्राइब्रेकरमा ३-१ पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सकाे फाइनल प्रवेश गरेकाे छ । पउल बिया स्टेडियममा गएराति भएकाे दोस्रो सेमिफाइनल निर्धारित ९० मिनेट र अतिरिक्त समय गाेलरहित बराबरीमा सकिएपछि खेलकाे निर्णय ट्राइब्रेकेरबाट लिइएको हाे ।

ट्राइब्रेकेरमा इजिप्टका माेहनाद लशिन,माेहम्मद अब्देल माेनिम, अहमद सायद (जिजाे) ले गाेल गरे । क्यामरुनका भिसेन्ट अबुबाकरले गाेल गर्दा क्लिन्टन नजी,जेम्स लि सिलिकी र ह्यराेल्ड माेकाैडी चुके ।

इजिप्टले अब उपाधिको लागि सेनेगलकाे सामना गर्नेछ । सेनेगल बुर्किना फासाेलाई ३-१ ले हराउँदै फाइनल पुगेकाे हाे ।