रियल मड्रिडमाथि १-० को कठिन जित हात पार्दै घरेलु टाेली एथलेटिकाे बिल्वाओ स्पेनिस काेपा डेल रेकाे सेमिफाइनल प्रवेश गरेकाे छ । सान मामेसमा आज बिहान भएकाे चाैथाे तथा अन्तिम क्वाटरफाइनलमा एलेक्स बेरेनगुएरले गरेकाे एक मात्र गाेल बिल्वाओलाई जित दिलाउन निर्णायक बन्यो ।एलेक्सले ८९ औं मिनेटमा मिकेल भाेस्गाकाे पासलाई सदुपयाेग गरेका थिए । याेसँगै प्रतियाेगिताकाे सेमिफाइनल समीकरण पनि पूरा भएकाे छ । बिल्वाओसहित रायाे भेल्कानाे,भ्यालेन्सिया र रियल बेटिसले अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भए ।