काठमाडौं, सेनेगल अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा इक्वेटोरियल गिनीलाई ३–१गोल अन्तरले हराउँदै सेनेगल अन्तिम चारमा पुगेको हो ।
सेनेगलको जितमा फामरा, चिखोउ कौयाटे र मिस्माइला सारले एकएक गोल गरे। खेलको २८ औं मिनेटमा फामराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा जानिक बुयलाले गोल गर्दै गिनीलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६८ औं मिनेटमा चिखोउ कौयाटेले गोल गर्दै सेनेगललाई २–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिस्माइला सारले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।अब सेनेगलले सेमिफाइनलमा बुर्किना फासोसँग खेल्नेछ ।