२० औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार मच्छिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो । एपीएफ २०६४ सालको छैठौं संस्करणमा फाइनलसम्म पुगेको थियो । तर अर्को विभागीय टिम नेपाल पुलिस क्बलसँग २–० ले पराजित हुँदै उपविजेतामा सीमित रह्यो ।पोखरा रंगशालामा भएको खेलमा एपीएफले २४ औं मिनेटमा का सनिष श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । डिबक्स क्षेत्र नजिकै मच्छिन्द्रका खेलाडीले बल नियन्त्रण गर्ने क्रममा मणि लामालाई लडाउँदै फल गर्न पुगेपछि एपिएफले फ्रिकिकको मौका पाएको थियो । डिबक्स नजिकैबाट बल लामाले हानेको फ्रि किक बलमा सशिषले हेडिङमार्फत गोलमा परिणत गरिदिए ।
एपीएफको अग्रतालाई मच्छिन्द्रले धेरै टिक्न दिएन । खेलको ३९ औं मिनेटमा मच्छिन्द्रका ओमोलाजा न्युरियन करिमले गोल गर्दै खेललाई बराबरीमा ल्याए । डिबक्स नजिकै एपिएफका सविन थापाले विपक्षी टिमका मेसुके एटिजिनलाई लडाउन पुगेपछि मच्छिन्द्रले फ्रिकिक मौका पायो । र, एपीएफकै शैलीमा गोल गर्यो ।
