मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुङगा प्रहार गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्त पर्सा जिल्ला वीरगञ्ज म.न.पा.वडा नं.१ का २६ वर्षका सुमन पटेल रहेको प्रहरीले जनाएको छ। सो घटना मिति २०७८।१०।०४ गते अन्दाजी १४:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरबाट अन्दाजी १०० जनाको संख्यामा रहेका नेपाली काँग्रेस पार्टीको नगरस्तरीय कार्यकर्ताहरूले प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप मोटरसाइकल र्याली निकाली नगर परिक्रमा गर्ने क्रममा करिब १५:२० को समयमा र्यालीसँगै मोटरसाइकलमा आएका उनले बिरगंज वडा नं.१३ तेजारथ टोलमा रहेको २ नं. प्रदेशका मुख्यमन्त्रीको निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेको र तत्कालै वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले तत्काल पक्राउ गरेर प्रहरीले अपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको बताएको छ।