युभेन्ट्सलाई हराउँदै इन्टर मिलानले जित्यो सुपर कपको उपाधी

 संवाददाता    २०७८, २९ पुष बिहीबार ०९:११     89 जनाले पढ़िसके



Spread the love

युभेन्ट्सलाई हराउँदै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ।

मिलानोमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै घरेलु टोली इन्टरले युभेन्ट्समाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै च्याम्पियन बनेको हो।

इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरे। युभेन्ट्सका लागि वेस्टन म्याकेनीले गरेको गोल सान्तवना बन्यो।

खेलको २५ औं मिनेटमा वेस्टनको गोलबाट युभेन्ट्सले सुरूआती अग्रता लिएको थियो।

तर ३५ औं मिनेटमा मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। इन्टरले पेनाल्टीमार्फत गोल गरेको थियो।

त्यसपपछि निर्धारित समयसम्म खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय अतिरिक्त समयबाट गरिएको थियो।

अतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट खेलाडी एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए। उनी ७५औं मिनेटमा मार्टिनेजको स्थानमा मैदान छिरेका थिए।