लिग वान : बराबरीमा राेकिए लियाेन र पिएसजी

 संवाददाता    २०७८, २६ पुष सोमबार ०९:३७     108 जनाले पढ़िसके



Spread the love

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएकाे खेलमा घरेलु टाेली लियाेन र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १-१ काे बराबरी खेलेका छन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा घरेलु टाेली अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे साताैं मिनेटमै लुकास पाकेटाले गाेल गर्दै लियाेनलाई अग्रता दिलाएका थिए ।

७६औं मिनेटमा थिलो केहररले पिएसजीलाई १-१ काे बराबरीमा ल्याए ।याे नतिजासँगै शीर्ष स्थानमा कायम रहेकाे पिएसजीले २० खेलमा ४७ अंक जाेड्दा लियाेन १९ खेलबाट २५ अंकका साथ ११औं स्थानमा छ।