हिमालयन शेर्पामाथि थ्री स्टारको जित

 संवाददाता    २०७८, २५ पुष आईतवार १९:२७     507 जनाले पढ़िसके



Spread the love

काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा थ्री स्टारले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्ध २-० को नतिजा निकालेको छ । जितसँगै थ्री स्टारका एक स्थान माथि उक्लिएर पाचौँ स्थानमा पुगेको छ ।

हिमालय शेर्पाका रक्षक अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले ५९औँ मिनेटमा अग्रता लिएको थियो । थ्री स्टारका घनेफो अंसुमना क्रोमाहको पासमा रितिककुमार खड्काले हानेको प्रहार क्लियर गर्ने क्रममा अमृतले आफ्नै पोस्टमा गोल गरेका थिए ।

इन्जुरी समयमा अंसुमना क्रोमाहले अर्को गोल थपेपछि थ्री स्टारको तीन अंक पक्का भएको हो । वैकल्पिक खेलाडी लकेन लिम्बुको पासमा अंसुमना क्रोमाहले गोल गरेका हुन् ।

जारि लिगमा थ्री स्टारको यो तेस्रो गोल हो । त्यस्तै लिगमा लगातार दोस्रो जित हो । अघिल्लो खेलमा थ्री स्टारले जावलाखेललाई २-१ ले हराएको थियो । जितपछि आठ खेलबाट १३ अंक जोडेको थ्री स्टार पाँचौ स्थानमा उक्लिएको छ । जुन १४ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहेको संकटा र त्रिभुवन आर्मीको भन्दा एक अंकले पछाडि हो ।

मछिन्द्र २० अंकका साथ शीर्ष स्थानमा छ भने १९ अंक जोडेको मनाङ मर्स्याङदी दोस्रो स्थानमा छ ।

यससँगै हिमालयन शेर्पाको लगातार तीन खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ । पराजित हिमालयन शेर्पा छैटौँ स्थानमा झरेको छ ।