डिभिजन : फ्रेन्ड्सविरुद्ध मछिन्द्रको कठिन जित, शीर्ष स्थानमा यथावत्

 संवाददाता    २०७८, २४ पुष शनिबार १६:०८     418 जनाले पढ़िसके



Spread the love

फ्रेन्ड्स क्लबविरुद्ध कठिन जित हासिल गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आफूलाई अंक तालिकाको शीर्ष स्थानमा यथावत् राख्न सफल भएकाे छ। ​

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले उपहार गोलमा फ्रेन्ड्स क्लबलाई १–० काे अन्तरले हराएकाे हाे।

खेलको ६७औँ मिनेटमा मछिन्द्रले उपहार गोलबाट अग्रता बनाएको थियो।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रस आकाश राईले हेड गर्दा बल फ्रेन्ड्सका रोनेल एन्थानी पउललाई लाग्दै गोलमा परिणत भएको थियो।

खेलको पहिलो हाफमा पनि फ्रेन्ड्सलाई दबाबमा राखे पनि मछिन्द्रले अग्रता बनाउन सकेको थिएन। खेल अवधिभर फ्रेन्ड्सलाई दबाबमा राखेपनि पाएको अवसरको सदुपयोग गर्न सकेन।

जितसँगै मछिन्द्रले ८ खेलबाट २० अंक जोडेको छ। अंक तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले भने जारी लिगमा पाँचौ हार भोगेको हो। फ्रेन्ड्सको ८ खेलबाट ३ अंक मात्र छ।