नेपाल क्रिकेट संघ र खेलाडीबीचको ‘सबै विवाद समाधान’

 संवाददाता    २०७८, २० पुष मंगलवार ०७:०६     101 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीबीच रहेको विवाद समाधान भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेका अनुसार सोमबार बिहान खेलाडी र क्यानबीचको वार्तामा ‘सबै विवाद समाधान’ भएको हो ।क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको बताए ।’क्यान र खेलाडीका तर्फबाट आधिकारिक रूपमा सहमतिका बारेमा जानकारी आउनेछन् । तर क्यान र खेलाडीबीच निकै सकारात्मक वार्ता सम्पन्न भएको छ,’ पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘ बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित हुनुहुन्छ भन्नेमा म ढुक्क रहेको छु।’ आउने प्रतियोगितामा एकताबद्ध टिमका रूपमा नेपालले सहभागिता जनाउने पनि उनको भनाइ छ । त्यस्तै कप्तान सन्दीप लामिछाने बिग बास लिगको पहिलो चरणको खेल सकिएपछि टिममा सहभागी हुने पनि प्रशिक्षक दासानायकेले बताए ।