बार्सिलोनाको रियल मार्लोकासँग कठिन जित, पाँचौ स्थानमा उक्लियो

 संवाददाता    २०७८, १९ पुष सोमबार ०८:२६     101 जनाले पढ़िसके



Spread the love

स्पेनीस ला लिगामा बार्सिलोनाले रियल मार्लोकामाथि १–० कठिन जित निकालेको छ।

बार्सिलोनाको जितमा लुक डे जोङले निर्णायक गोल गरे।

मार्लोकाको घरेलु मैदानमा गए राति खेलको ४४ औं मिनेटमा डी जोङले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।

यो जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल रह्यो। बार्सिलोनाको अब १९ खेलबाट ३१ अंक भएको छ। चौथो स्थानमा रहेको एथलेटिको म्याड्रिडको समान खेलबाट ३२ अंक भएको छ।

तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक हुँदा दोस्रो स्थानमा रहेको सेभिल्लाको ३८ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ।

आइतबार राति कोरोना भाइरस संक्रमण र चोटका कारण अधिकांश पहिलो रोजाईका खेलाडी बिनै खेलेको बार्सिलोनाले महत्वपूर्ण अंक जोड्न सफल भएको हो।