टोटेनह्यामको सहज जित

 संवाददाता    २०७८, १२ पुष सोमबार ०८:०३     86 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा ह्यारी केनले ३२औँ मिनेटमा गोल गर्दै टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाए । ३४औँ मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनह्यामले २-० को अग्रता बनायो । त्यसपछि खेलको ७४औँ नेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई ३-० को जित दिलाए ।

खेलको ३७औँ मिनेटमा विलफ्रेड जाहाले रातो कार्ड पाएपछि क्रिस्टल १० खेलाडीमा समेटिएको थियो । जितसँगै टोटेनह्यामले १६ खेलमा २९ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । क्रिस्टल २० अंकका साथ १२औँ स्थानमा छ ।