श्रीलंकासँग नेपाल ६० रनले पराजित

 #नेपाली क्रीकेट     २०७८, ११ पुष आईतवार २१:५७     101 जनाले पढ़िसके



Spread the love

काठमाडौं- यू १९ एसिया कप क्रिकेटमा श्रीलंकासँग नेपाल ६० रनले पराजित भएको छ। युएईस्थित सारजाह रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले श्रीलंकासँग हार बेहोरेको हो। यससँगै नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

टस जितेर ब्याटिङ राजेको श्रीलंकाले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। जवाफमा नेपालले ४७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २६२ रनमा समेटियो।

श्रीलंकाका लागि चमिन्दू विक्रमसिंगेले १११ रन बनाए भने सदिशा राजापक्षले १३१ रन बनाए। नेपालका मोहम्मद अदिल आलमले दुई विकेट लिए भने कप्तान देवा खनाल र विवेक यादवले पनि एक विकेट गिराए।

जवाफी ब्याटिङमा नेपालका सन्तोष कार्कीले ३४, देव खनालले २८ रन बनाए भने अर्जुन साउँदले ६४ र बसिर अहमदले ४३ रन बनाए। साउँद र अहमदले ७५ रनको साझेदारी गरेका थिए। साउँद रनआउट भएका थिए।

विवेक यादवले ४६ रन बनाउँदा गुल्सन झा १३ रनमै आउट भए।

त्यसक्रममा रविन डी सिल्वा र मथिशा पथिराना ले समान तीनतीन विकेट लिए भने डुनिथ वेल्लालागे र शेवो ड्यानियलले एकएक विकेट लिए।नेपालले तेस्रो खेल डिसेम्बर २८ मा कुवेतसँग खेल्नेछ।