सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले नेपाल पुलिस क्लवलाई एक शुन्यले पराजित गरेको छ । उसको जितमा निरज बस्नेतको गोल निर्णायक बन्यो ।
दशरथ रंगशालामा भएको खेलको १८ औं मिनेटमा निरजले गोल गरेका थिए । लक्ष्मण रुचालको कर्नरमा निरजले हेडर गोल गरेका थिए । संकटाका लागि निरजको यो लगातार तेस्रो गोल हो ।
खेलको चौथो मिनेटमा नै संकटाले अग्रता लिने मौका गुमाएको थियो । उसका लागि फेडो फोफानाको हेडर पोष्टको माथिबाट बाहिरीएको थियो ।
त्यसपछि पनि पुलिसले तीन वटा उत्कृष्ट मौका गुमायो । खेलको अन्तिममा पुलिसविरुद्ध संकटाले अन्तर दुई शुन्यमा पुर्याउने अवसर पाएको थियो । तर गोल भने गर्न सकेन ।
यो जितपछि संकटाले चार खेलमा आठ अंक बनाउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । पुलिसको भने लिगमा पहिलो हार हो । उसको चार खेलमा आठ अंक भएको छ ।