बिल्बाओपछि भ्यालेन्सिया, मालोर्का र भिल्लारियलले सात सात बराबरी खेलेका छन्। यता ४५ प्रतिशत बल पोसेसन राख्दै १७ वटा पोस्ट प्रहार गरेको घरेलु टोलीको जित निकाल्ने योजना पनि सफल भएन।
लिगमा गेटाफेको यो पाचौं बराबरी हो। रेफ्रीविरुद्ध लगातार खनिएका गेटाफेका प्रशिक्षक क्वीक सान्चेज फ्लोरेसले खेलको अन्तिममा रातो कार्ड पाएका थिए। बिल्बाओका उनई सिमनो ‘म्यान अफ दी म्याच’ भए। बराबरीसँगै १६ खेलबाट २१ अंक बनाएको बिल्बाओ नवौं स्थानमा छ। गेटाफे रेलिगेसनको तिब्र दबाबमा छ। ११ अंक बनाएको गेटाफे १९औं स्थानमा छ।
अन्तिम तथा २०औं स्थानमा रहेको लिभान्तेको आठ अंक छ। शीर्षस्थानमा रहेको रियल रियल म्याड्रिडको ३९ अंक छ। दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३० अंक छ।