ए डिभिजन लिग उद्घाटन खेल : सातदोबाटो र फ्रेन्ड्सको बराबरी

 संवाददाता    २०७८, ३ मंसिर शुक्रबार २०:५१     93 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएपनि गोल गर्न सकेन । फ्रेन्ड्सले पनि पाएका मौकामा गोल गर्न सकेन । यससँगै बराबरीसँगै दुवै टिमको १/१ अंक भएको छ ।

लिगमा भोलि शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा र संकटा तथा दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लब खेल्नेछन् ।