इंग्ल्यान्डलाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा

 संवाददाता    २०७८, २५ कार्तिक बिहीबार ०५:५६     188 जनाले पढ़िसके



Spread the love

न्युजिल्यान्ड आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति अबुधावीमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।

अब उपाधिका लागि न्युजिल्यान्डले पाकिस्तान र अस्ट्रेलियाबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार भिड्नेछ।

बुधबार इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पार गर्‍यो। न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले नटआउट ७३ रनको योगदान गरे। उनले ४८ बलमा ४ चौका र ४ छक्का हिर्काए।

डेवन कनवेले ४६ रन र जेम्स नीशमले १० बलमा २६ रनको योगदान गरे।