टि-ट्वान्टी वर्ल्डकप : अफगानिस्तान विरुद्ध न्युजिल्यान्डको जित सङ्गै भारतको सेमिफाइनल यात्रा टुंगियो

 संवाददाता    २०७८, २२ कार्तिक सोमबार ०७:४२     491 जनाले पढ़िसके



Spread the love

काठमाडौं : टी–२० विश्वकप न्युजिल्यान्डको जितसँगै भारत समूह चरणबाटै बाहिरिएको छ।

हिजो युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड यात्रा सुरक्षित गरेको हो। अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्यलाई पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ।

आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले एक सय २४ रन जोडेको थियो।

अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो।

न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन र डेभोन कोनवेले ३५ रन बनाए। न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल यात्रा टुंगिएको हो। पापाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

भारत यसअघि पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग पराजित भएको थियो। अफगानिस्तान र स्कटल्यान्डलाई भने पराजित गरेको थियो।