लन्डन — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी बर्नलीको हातबाट शनिबार राति १–१ को बराबरीमा रोकिएको छ । चेल्सीले काई हारटेजको गोलले अग्रता लिएयता बर्नलीले ७९ औं मिनेटमा बराबरी गोल फर्काएको हो ।
उसका लागि भेडराले एक अंकका लागि गोल गरे । शीर्ष स्थानमा चेल्सीको २६ अंक छ । म्याानचेस्टर सिटी २३ अंकमा दोस्रो स्थानमा छ र उसले अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो ।
यस्तै, अन्य खेलमा नरविचले ब्रेन्टफोर्डलाई २–१ र क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० ले हरायो । ब्राइटन र न्युक्यासल युनाइटेडबीचको खेल भने १–१ को बराबरीमा समाप्त भयो ।