गएरातिको खेलमा साउथ ह्याम्पटनले एस्टन भिल्लालाई हरायो

 संवाददाता    २०७८, २० कार्तिक शनिबार ०८:२८     121 जनाले पढ़िसके



Spread the love

लन्डन — एडम आर्मस्ट्रङले सुरुमै गरेको गोल मद्दतले साउथ ह्याम्पटनले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति एस्टन भिल्लालाई १–० ले हराएको छ । भिल्लाको यो लगातार पाँचौं हार हो ।आत्मविश्वास गुमाएको भिल्लाले पछिल्लो समय लगातार खराब खेलिरहेको छ र डिन स्मिथको टिम कमजोर स्थितिमा पुगेको छ । यो जितपछि साउथ ह्याम्पटनको १४ अंक भएको छ र १२ औं स्थानमा उक्लेको छ ।आर्मस्ट्रङले तेस्रो मिनेटमै निर्णायक गोल गरेका थिए । भिल्ला भने १० अंकमा १५ औं स्थानमा रहेको छ ।