शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक (टिमको नामसहित)

 संवाददाता    २०७८, १२ कार्तिक शुक्रबार १७:५६     156 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले शुक्रबार ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट ड्र गरेको हो ।
कात्तिक २९ गतेदेखि हुने लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । करिब चार महिना चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले बताए । खेल बेलुका ५ बजे दशरथ रंगशालामा हुनेछ ।
यस्तै दोस्रो दिन हिमालयन शेर्पा क्लबले संकटा क्लबसँग खेल्नेछ । खेल एन्फा कम्प्लेक्समा १२ बजे शुरु हुनेछ । दोस्रो दिनै च्यासल युथ क्लब र थ्री स्टार क्लबीच दोस्रो खेल हुनेछ ।
यसपटक खेल खेलाईने स्थान समेत थपिने भएको छ । मिश्रले च्यासल मैदान पनि लिगका लागि प्रयोग गरिने बताए । लिगमा कुल १३ राउण्डमा ९१ खेल हुनेछ । पुस अन्तिममा ९ राउण्डसम्मको खेल सकाउने र त्यसपछि फिफा म्याच डे मा लिग को खेल नगर्ने मिश्रले बताए । लिग फागुन १४ गतेसम्म चल्नेछ । पहिलो दुई राउण्डको समय र खेल स्थान पनि सार्वजनिक गरिएको छ ।
पहिलो दिन एक खेल मात्र हुनेछ । त्यसपछि दैनिक दुई खेल हुनेछ । जसमा पहिलो खेल १२ बजे र दोस्रो खेल ३ बजे शुरु हुनेछ । यस्तै दोस्रो राउण्डमा एकै दिन ३ खेलसम्म खेलाउने तालिका छ । जसमा दुई खेल एकै समयमा राखिएको छ ।

ए डिभिजन लिग खेल्ने १४ क्लब
मछिन्द्र फुटबल क्लब
त्रिभुवन आर्मी फुटबल क्लब
मनाङ मस्र्याङ्दी क्लब
थ्री स्टार क्लब
नेपाल पुलिस क्लब
सशस्त्र एपीएफ
च्यासल युथ क्लब
संकटा क्लब
हिमालयन शेर्पा क्लब
एनआरटी क्लब
जावलाखेल युथ क्लब
फ्रेण्ड्स क्लब
सातदोबाटो युथ क्लब
ब्रिगेड ब्वाइज क्लब