टी-२० विश्‍वकप : गएराती भएको खेलमा भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित

 संवाददाता    २०७८, ८ कार्तिक सोमबार ०६:२८     104 जनाले पढ़िसके



Spread the love

टी-२० विश्वकप अन्तर्गत आइतबार दुबइमा भएको खेलमा पाकिस्तानले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतविरुद्ध पाकिस्तानको यो पहिलो जित हो ।

सुपर १२ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।आइतबार दुबइमा भएको खेलमा पाकिस्तानका लागि कप्तान बाबर अजाम र विकेट किपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमै पूरा गरेको थियो । यसका लागि पाकिस्तानी कप्तान बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित अविजित ६८ रन बनाएका थिए । रिजवानले ५५ बलमा ३ छक्का र ६ चौका सहित ७९ रन जोडेका थिए ।२०१९ को वर्ल्डकप लिगपछि भारत र पाकिस्तानबीच यो पहिलो प्रतिष्पर्धा थियो। पाकिस्तान भारतविरुद्ध मैदानमा उत्रिनुअघि न्यूजिल्याण्ड र इङल्याण्डसँगका खेल रद्द भएका थिए ।