अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग फुटबल खेलाडी र कर्मचारीहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिन आग्रह गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठलाई बुधबार बधाइ तथा शुभकामना दिने क्रममा अध्यक्ष शेर्पाले खेलाडी र कर्मचारीहरूलाई खोप दिन माग गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले पनि फुटबल खेलाडी र कर्मचारीहरूलाई खोप दिनका लागि व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राज्यमन्त्री श्रेष्ठले फुटबल खेलाडी तथा अफिसियलहरूलाई खेलस्थलमै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको एन्फाका अध्यक्ष शर्पाले बताएका छन् ।
एन्फाले भदौ १ गतेदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसपछि कात्तिक २९ गतेदेखि ‘ए’ डिभिजन फुटबल लिगको खेल सुरु हुनेछ ।