दशौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा दोस्रो दिनको खेल सकियो, चार टोलीबीच प्रतिस्पर्धा सम्पन्न

 संवाददाता    २०८३, १० मंसिर बुधबार १५:४५     26 जनाले पढ़िसके



Spread the love

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा दोस्रो दिन चार खेल सम्पन्न भएका छन् ।

बुधबार भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जित हासिल गरेका छन् ।

फुल कोर्ट (५×५) विधातर्फ भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–१९ अंकले पराजित गरेको छ ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि ४७–३ अंकको फराकिलो जित निकालेको छ ।

थ्री अन थ्री (३×३) विधातर्फ त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अंकले पराजित गरेको छ । सोही विधाको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ अंकले हराएको छ ।

दोस्रो दिनका खेलमा मधेश प्रदेशले दुवै विधामा हार बेहोरेको छ । महिला बास्केटबलका खेलहरू प्रतियोगिताअन्तर्गत जारी छन् ।