बूढीगण्डकी पुलको शिलान्याससँगै स्थानीयका कुरा सुन्न गोरखा जाँदै सभामुख र मन्त्रीहरू

 संवाददाता    २०८३, १० मंसिर बुधबार १२:१९     29 जनाले पढ़िसके



Spread the love

आज सभामुख डीपी अर्याल, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल गोरखामा पुल शिलान्यासमा जाने भएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत शिउरेनिटार र धादिङ जोड्ने बूढीगण्डकी नदीमाथि निर्माण हुन लागेको पुलको शिलान्यास कार्यक्रममा उनीहरु सहभागी हुन लागेका हुन् ।

पुल शिलान्यास दिउँसो २ बजे गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी विषयमा सरोकारवाला व्यक्तिहरूसँग छलफल समेत हुने भएको छ ।

कार्यक्रममा गण्डकी गाउँपालिकाका बासिन्दा तथा विशेषगरी बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका वासिन्दालाई उपस्थित हुन आग्रह गरिएको छ ।