गोरखाको उत्तरी क्षेत्रमा अचानक चलेको हावाहुरीले घर र विद्यालयमा क्षति

 संवाददाता    २०८३, ९ मंसिर मंगलवार १०:५१     42 जनाले पढ़िसके



Spread the love

आज बिहान चलेको हावाहुरीले गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ।

हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन्।

स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ। कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनले बताइन्।

‘आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ’, उनले भनिन्, ‘बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ।’

हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङले बताइन्।