नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायमै राखेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, सोमबार दिउँसो २ बजेसम्म दुई हजार ३९० मत गणना भएको छ। जसमा खतिवडाले एक हजार ७५ मत पाएका छन्।
त्यस्तै, शिवाकोटी दोस्रो नम्बरमा छन्। उनले ७७२ मत पाएका छन्। कांग्रेसका खुलातर्फ दुई वटा सहामहामन्त्री निर्वाचित हुने व्यवस्था छ।
यसैगरी, डिल्लीराम सुवेदीले ५८३, देवेन्द्रराज कँडेलले ४९९, विकास कोइरालाले ३९४, राजिव ढुंगानाले ३५३, रमेशप्रसाद धमलाले २८२ विमलराज क्षेत्रीले ९४ मत पाएका छन्।
कांग्रेस महाधिवेशनमा सात हजार २९ मत खसेका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना जारी रहेको छ।