कांग्रेस बन्दसत्रमा वर्षाको असर, निर्धारित कार्यक्रम सारियो

 संवाददाता    २०८३, २१ आश्विन बुधबार १३:५८     0 View



Spread the love

वर्षाका कारण प्रभावित भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र ४ बजेलाई सारिएको छ।

बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो।

तर अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै ४ बजेलाई सारिएको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेशराज आचार्यले बताए।

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिएको छ।

बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण हुने र अन्य मिडियाहरूले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने छन् ।

भोलि बिहान मतदान हुँदै छ ।