नेपाली कांग्रेसकी नेत्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्रीमा उम्मेदवारी दिएकी छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार उपाध्यक्षले महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएकी हुन्। कांग्रेसमा महिलातर्फ एक जना महामन्त्री हुने व्यवस्था छ।
यसअघि डिला संग्रौलाले पनि महामन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेकी छन्। महिलातर्फ महामन्त्रीमा संग्रौला र उपाध्यक्षको प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।
कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।