महामन्त्रीको दौडमा प्रदीप पौडेल, दिए उम्मेदवारी

 संवाददाता    २०८३, २० आश्विन मंगलवार १५:४५     19 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले खुलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि पनि विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। खुलाबाट दुई जना महामन्त्री चयन हुनेछन्।

महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।