आज काठमाडौँको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।
यसअघि अध्यक्ष केपी शर्मा ओली आफैँ जाने कुरा थियो।
तर निर्णय परिवर्तन गर्दै उनले महासचिव पोखरेललाई पठाउने भएका हुन्।
‘कांग्रेसको महाधिवेशन उद्घाटनमा अध्यक्षज्यूले महासचिवलाई पठाउने हुनुभएको छ’, एमाले प्रचार प्रमुख निरज आचार्यले भने।