आज काठमाडौँको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।
यसअघि जाने भनेका ओलीले आज अचानक निर्णय परिवर्तन गरेका हुन्।
उनको सचिवालय प्रमुख निरुदेवी पालले आइतबार भनिन्, ‘उहाँ महाधिवेशनमा जानुहुन्न।’
तर कारण के हो, उनले खुलाइनन्।
साथै सट्टामा को जाने भन्ने निर्णय पनि सार्वजनिक भइसकेको छैन।