एमाले सांसदले सरकारलाई भने– त्यसो भए पुरानै संसद् ब्युँताऔँ

 संवाददाता    २०८३, १३ आश्विन मंगलवार १२:२८     1  जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका सांसद पुष्पराज कँडेल अध्यादेशबाट निष्क्रिय पारिएका ऐन फेरि ब्यूताउँने भए पुरानै संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ माथि छलफलको क्रममा बोल्दै सरकारको कदमप्रति असन्तुष्टि जनाए।

उनले भने, ‘जान्नेलाई छान्ने भन्ने पार्टीले ल्याएर आएको छ, जस्ताको तस्तै दोहोर्‍याएर ल्याएको छ। यो पटक्कै मिलेन।’

उनले यो विधेयक ल्याउन आवश्यक नै नभएको उनको भनाइ छ।

उनले थपे, ‘यसले तपाईँहरूमाथि नै प्रश्न उठाउँछ अब यसैमा गइसकेपछि पहिला नियुक्त गरेकाहरूलाई पनि जगाइदिऊँ त्यसो भए खाउन् उनीहरूले पनि केही समय। संसद् पो जगाइ दिने हो कि पुरानो, त्यसैले यो परिपाटी भएन, यसरी जान मिल्दैन।’