विद्या भण्डारीको प्रवेशले एमाले थप गतिशील बन्नेछ : सचिव विक

 संवाददाता    २०८३, १३ आश्विन मंगलवार १२:१६     8 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउनु पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई महत्वपूर्ण उपलब्धि हुने बताए ।

भण्डारीको स्वागतमा आज बुटवलमा आयोजना कार्यक्रममा उनले पार्टी केन्द्रीय कमिटी बैठकको सम्वसम्मत निर्णयले भण्डारीलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताए ।

‘अहिले विधानमा यो व्यवस्था थिएन, केन्द्रीय कमिटी बैठकले विधानको धाराअनुसार यस्तो जिम्मेवारी दिने सचिवालय बैठक बसेर निर्णय गरेका हौँ अपानी नआएकाले कोही अलमल पर्नुपर्दैन’ उनले भने ।

भण्डारी विद्यार्थीकालबाटै राजनीतिमा आवद्व भएको भन्दै विश्वकर्माले भने, ‘उहाँ राजनीतिमा पुनः जोडिनु निकै राम्रो, बुटवलमा ८ औँ महाधिवेशनले उहाँलाई पदाधिकारी बनाएको हो ।

उनले थपे ‘त्यसयता लगातार जनप्रतिनिधिको रूपमा रहनुभएको छ, उहाँको कार्यक्षमताका आधारमा अब पार्टीले थप गति लिनेछ । दुई-दुई पटक राष्ट्रपति हुँदा गरेको सफल नेतृत्व उदाहरणीय छ । पहिलो महिला राष्ट्रपतिको इतिहास बनाइसक्नुभएको छ ।’