उद्योगीसमेत रहेका नेपाली कांग्रेसका नेता विनोद चौधरी पार्टीको आगामी महाधिवेशनका लागि प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
नवलपरासी निर्वाचन क्षेत्र १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
चौधरीसँगै मधेसी कलस्टरबाट महाधिवेशन प्रतिनिधिमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव पनि चयन भएका छन्।
सर्वसम्मत हुन नसकेका पदमा सोमबार निर्वाचन भएको थियो। खुलातर्फ ७५ जनाको उम्मेदवारी परेको थियो।
चौधरी गत फागुनको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार रहे पनि रास्वपाबाट पराजित भएका थिए। चौधरी गत पुसमा भएको विशेष महाधिवेशनमा पनि सहभागी थिए।
उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनमा चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।