तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल गर्न सरकारलाई रास्वपा सांसदको आग्रह

 संवाददाता    २०८३, १२ आश्विन सोमबार १३:०८     22 जनाले पढ़िसके



Spread the love

रास्वपाका सांसद भरत पराजुलीले तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पछिल्लो ४ दिनको बाढीपछि कोरला नाका पनि बन्द भएको भन्दै अबको विकल्प तातोपानी मात्रै भएको बताए।

उनले भने, ‘रसुवा बाढीपछि चीन सरकारले कोरला नाकाबाट खोलिएको थियो। त्यता डाइभर्ट भएका कन्टेनरहरू यता आउन नपाउँदै त्यो नाका पनि क्षतविक्षत भएपछि हजारौँ कन्टेनरहरू अलपत्र छन्। यस अवस्थामा अहिले हामीले तत्कालै सुरुवात गर्न सकिने भनेको तातोपानी नाका हो। तातोपानी नाका भाग्यवश अहिले केही पनि भएको छैन। अहिले हामी यहाँबाट सहज रूपमा तातोपानी पुग्न सक्छौँ।’

चाडपर्व आउन लागेको भन्दै सरकारले कूटनीतिक पहल गरेर तातोपानी नाकालाई सकेसम्म छिटो सञ्चालन ल्याउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराए।