जापानको नागोयामा लगातार वर्षा भएपछि एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका सोमबार र मंगलबारका क्वाटरफाइनल खेल प्रभावित भएका छन् ।
सोमबार पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानबीचका दुवै क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएका थिए ।
त्यसको भोलिपल्ट अर्थात् आज (मंगलबार) नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाबीचको क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भयो ।
उच्च वरीयतामा रहेका टोली भएकाले बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा पाकिस्तानले बंगलादेशसँग८८ तथा भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष क्रिकेटको सेमिफाइनल तालिकाः
पाकिस्तान विरुद्ध बंगलादेश — अक्टोबर १, बिहान पौने ६ बजे
भारत विरुद्ध श्रीलंका — अक्टोबर १, बिहान पौने ११ बजे