सप्तकोशीको जलस्तर बढ्यो, ब्यारेजका ३१ ढोका खोलिए

 संवाददाता    २०८३, ९ आश्विन शुक्रबार १५:४९     0 View



Spread the love

सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् ।

त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ । यो उच्च खतराको संकेत हो ।

बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोशी परियोजनाका अनुसार पानीको मात्रा बढेसँगै भारतको विहार क्षेत्र पनि जोखिममा परेको छ । नेपालतर्फबाट जति बढी ढोका खोलिन्छ, विहारमा त्यति नै जोखिम बढ्छ ।