बल्खु खोला किनारको घर जोखिममा, ६ परिवार सुरक्षित स्थानमा

 संवाददाता    २०८३, ९ आश्विन शुक्रबार १३:४८     52 जनाले पढ़िसके



Spread the love

अविरल वर्षाका कारण बल्खु खोलाको बहाव बढेपछि एउटा घर जोखिममा परेको छ ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा उक्त घरमा डेरा गरी बस्ने ६ परिवारलाई अन्यत्र सारिएको छ । उनीहरूलाई महानगरले अन्यत्र सार्ने व्यवस्थापन गरेको थापाले बताए ।

अन्य खोला किनारमा पनि जल सतह बढेका कारण यातायात तथा पैदल आवतजावत बन्द गरिएको छ । एसपी थापाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर यथेष्ट संख्यामा प्रहरी परिचालित भएका छन् ।