भारी वर्षापछि चोभारमा उर्लिंदो बागमती

 संवाददाता    २०८३, ९ आश्विन शुक्रबार १३:३८     21 जनाले पढ़िसके



Spread the love

बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण दुई दिनदेखि लगातार वर्षा भइरहँदा देशभरका नदीनालामा पानीको सतह बढ्दै गएको छ।

जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षा हुने प्रक्षेपण गरेको छ। लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदीनालामा पनि पानीको सतह बढेको छ।

विशेष गरेर बागमती नदीमा पानीको वहाव बढिरहेको छ। शुक्रबार बिहानैदेखि बागमतीमा पानीको सहत बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बागतमी भएर काठमाडौं उपत्यकाको पानी निकास हुने चोभार गल्छीमा पनि पानीको सतह बढ्दै गएको छ।