सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा (हुङ्कु) खोला पहिरोले थुनिएर १५ मिटरको ड्याम बनेको स्थानीय प्रशासनले जनाएको छ।
हाल थप पहिरो खसिरहेको हुँदा हुङ्गा (हुङ्कु) खोला, दुधकोसी नदी तटीय र आसपासका बासिन्दालाई अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता अपनाउन भनिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गरी भनेको छ, ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार माहाकुलुङ गाउँपालिका गुदेल सोलुखुम्बुस्थित हुङ्गा (हुङ्कु) खोलामा माथिबाट पहिरो खसेर खोलामा १५ मिटरको ड्याम बनेको र हाल थप पहिरो खसिरहेको हुदाँ हुङ्गा (हुङ्कु)खोला, दुधकोसी नदी तटीय र आसपास बसोबास गर्नुहुने बासिन्दाहरूले अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता अपनाउनहुन अनुरोध छ।’