हिजो तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको सुनको भाउ आज व्यापक मात्रामा घटेको छ।
सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ ३ लाख ५ हजार ८ सय थियो।
त्यसअघि गएको बुधबार पनि सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २ सय ५५ रुपैयाँ घटेर ४ हजार ६ सयमा झरेको छ।
यसअघि बिहीबार चाँदीको भाउ तोलामा १ सय ५५ रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।