इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादव राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।
राजीनामालगत्तै मन्त्रालय छाडेकी यादव आँखाभरी आँशु पारेर बाहिरिएको मन्त्रालयमै रहेका उमेश कार्कीले बताए । राजीनामा दिएपछि उनले कुनै प्रश्नको उत्तर भने नदिई हिडिन् ।
तत्कालीन श्रम मन्त्री दिपक साह विवादमा परेपछि राजीनामा दिएर रिक्त रहेको ठाउँमा उनी मन्त्रालय साटफेर गरेर नियुक्त भएकी थिइन् । अन्ततः दिपक साहको राजीनामाबाट मन्त्री भएकी गौरीले पनि सोही बाटो रोज्नुपरेको छ ।